ads
neelambads

जिसस पर्साको अध्यक्षमा निरन्जन साह सोनार विजयी

वीरगंज २७ जेठ । जिल्ला समन्वय समिति (जिसस ) पर्साको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनको प्यानल विजयी भएको छ ।

शुक्रवार भएको निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित भएका हुन् । बाँकी ७ सदस्यमा पनि जसपा एमालेकै गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार, जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका हुन् ।उनका प्रतिद्धन्द्धी नेपाली काङग्रेसका उम्मेदवार सरोज चौरसीयाले भने १३ मत मात्रै पाएका छन् ।

यस्तै उपप्रमुखमा एमालेका कुर्मी पनि १५ मतका साथ निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी काङग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाएकी छन् ।

जिससको ७ जना सदस्यमा जसपाका विजय कुमार राउत, राजपति देवी, व्यान्ति देवी कुर्मी, एमालेका राम प्रसाद यादव, सुशीला कामी, श्रीकान्ति देवी थरूनी र सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् ।

सदस्यमा अरू सबैले १५र१५ मत पाउदा जसपाका राउत भने १६ मत पाएर विजयी भएका हुन् । शुक्रवार भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि २८ जनाले मतदान गरेका थिए ।

सत्तागठबन्धनको शीर्ष नेतृत्वले जिससको निर्वाचनमा पनि सत्तारूढ दलहरूकै बिच गठन गठबन्धन गर्न निर्देशन दिएको थियो । तर जिसस पर्साको निर्वाचनमा भने सत्तारूढ दल जसपाले भने एमालेसंग गठबन्धन गरेको उम्मेदवारी दिएको थियो । 

काङग्रेसले भने सबै पदमा एकल उम्मेदवारी दिएको थियो । उसलाइ १ पालिका प्रमुख जितेको लोसपाले समर्थन गरेको थियो ।

पर्सामा रहेको १४ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरि कांग्रेसले १२ पद, एमालेले १० पद, जसपाले ५ र लोसपाले १ जना प्रमुख पद जितेको थियो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads