ads
neelambads

उद्योग पक्षले झुक्याएर राजीना पत्रमा हस्ताक्षर गराएको भन्दै मजदुरहरू आन्दोलित


बारा  ७  असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ स्थित औषधी उद्योग एभरेष्ट प्यारेन्ट्रल्स प्रा.लि.को मजदुरहरू आन्दोलित भएकाे समाचार छ । 

उद्योग पक्षले झुक्याएर राजीनामा हस्ताक्षर गराएको भन्दै मजदुरहरू आन्दोलित भएका छन् । 

मजदुरहरूले आफूहरूलाई पुनर्बहालीको माग राखेका हुन् । एभरेष्ट प्यारेन्ट्रल्सका व्यवस्थापन पक्षले आफूहरूले उद्योग बिक्री गर्न लागेको भन्दै त्यहाँ कार्यरत मजदुरहरूलाई राजीनामा दिन लगाएको थियो । 

व्यवस्थापनले आफूहरू उद्योग बिक्री गर्न लागेका हौँ, तपाईँहरू आफ्नो सेवा सुविधा लिनु छ भने छिट्टै राजीनामा दिनुस् नत्र पाईदैन् भन्दै आफूहरूलाई झुक्याएर राजीनामा दिन लगाएको एक मजदुर कविता चौधरीले दुखेसो पोख्नुभयो । 

त्यस्तै अर्का एक मजदुर भुपेन्द्र प्रसाद यादवले उद्योगको व्यवस्थापन पक्षले उद्योगमा श्रम संघसंगठन स्थापना हुन लागेको आभास पाएर ,मजदुरलाई झुक्याएर हटाउन रणनीति बनाएको बताए । 

यता उद्योगका प्रशासन प्रमुख मुकेश खेतानले केही काम नगर्ने र अनुशासनमा नबस्ने मजदुरलाई हटाउन खोज्दा मजदुरहरूले बखेडा झिकेको जनाए । 

उक्त उद्योगमा  १ सय ८ं० जना मजदुरहरू कार्यरत रहेका छन् जसमा करिब ३० जनाको सङ्ख्यामा महिलाहरू रहेका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads