ads
neelambads

कारागारमा आगलागी हुँदा ४९ कैदीको मृत्यु, र ३० जना घाइते

 

काठमाडौं  १५ असार ।

दक्षिण पश्चिमी कोलोम्बियाको एउटा कारगारमा कैदीबन्दीबीचको दंगापछि आगलागी हुँदा ४९ जना कैदीबन्दीको मृत्यु भएको छ ।

सोही घटनामा ३० जना घाइते भएको कारागारका अधिकारीले बताएका हुन् । कोलोम्बियाको भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारागार निकायले कैदीहरूले नै आगजनी गरेको बताएको छ । त्यहाँ तैनाथ सुरक्षा गार्डले दंगामा हस्तक्षेप गर्न नसकून भनेर कैदीहरूले म्याट्रेस बालेको बताइएको छ ।

सरकारी अधिकारीले आगो नियन्त्रणमा लिइसकेको र घटनाको मौका छोपेर कोही पनि कैदीबन्दी भाग्न नसकेको दावी गरेका छन् । सो कारागारमा सामान्यतः १ सय ८० जना कैदी रहने गरेका थिए । गार्डहरूले कारगारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads