ads
neelambads

काठमाण्डौबाट रौतहटका लागि छुटेको बस धादिङमा दुर्घटना हुँदा ३० जना घाइते

 

धदिङ १७ असार । 

    पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएकाे समाचार छ । 

काठमाण्डौबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटनामा परेको छ ।  बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी गराउनु भयाे ।

खाल्डाखुल्डी परेको र घुम्ती सडकका कारण दुर्घटना भएको थियो । दुर्घटनामा सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

सात जना गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads