ads
neelambads

खडेरीका कारण मध्य तराईका किसानहरू चिन्तित

 

वीरगंज ३२ असार । 

असार महिना भर रोपाई गर्न पानी नपरेपछि बारा, पर्सा र रौतहटका किसानहरू चिन्तित भएकाे समाचार छ ।

बारा, पर्सा, रौतहट लगायत मध्य तराईका अन्य जिल्लामा पनि सिञ्चित बाहेक आकाशे पानीको भरका धान खेती गर्दै आएका किसानहरूको बिजोग भएको छ।

असार मसान्तसम्म पनि पानी नपरेपछि ब्याडमै बीउ पहेँलिन थालेको र यस पटक असारमा धान रोपाई हुन नसकेपछि उत्पादन पनि कम हुने चिन्ताले किसानहरू पिरोलिएका छन् ।

खेतबारीमा धान रोपेर हरियाली हुने बेला अहिले पर्साका ग्रामीण क्षेत्रका खेतहरूमा सिँचाइ नहुँदा धुलो उडेको छ ।

किसानहरूकालागि मानो खाएर मुरी उब्जाउने असारमा धान रोप्न नपाएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले किसानहरू पिरोलिएको पर्साका  किसानहरूले बताउछन ।

असार मसान्तसम्म पर्सामा २५ प्रतिशत भन्दा बढी रोपाई हुन नसकेको र रोपेको खेतमा पानी नपाएर धान पहेँलिन थालेको किसानहरूले जनाएका छन् ।

पर्सा जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टरमा धान खेती गरिँदै आएको छ । जिल्लाको १० प्रतिशत जग्गामा स्थायी सिँचाइ उपलब्ध रहेको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads