ads
neelambads

बारामा दिउँसो चट्याङ लागेर एकको मृत्यु , एक बालिकासहित दुईजना घाइते

 

कलैया १७ असार । 

बारामा शुक्रबार दिउँसो चट्याङले लागेर एक किसानको मृत्यु , एक बालिकासहित दुईजना घाइतेभएको समाचार छ ।

मृत्यु हुनेमा सुवर्ण गाउँपालिका वडा नं. ७ सनफुलवाका २० वर्षीय धीरज प्रसाद यादव रहेका छन् ।  शुक्रबार दिउँसो आफ्नै खेतमा काम गरिरहेका बेला अचानक खसेको चट्याङले लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो ।

त्यहि ठाउँमा चट्याङले लागेर सनफुलवाकै २८ वर्षीय नेतालाल पंडित र भरोस यादवकी छोरी ८ वर्षीया कुमारी यादव घाइते भएका छन् । घाइते दुवैजनाको स्थानीय मेडिकलमा उपचार गरिएको र  दुवैजनाको अवस्था समान्य रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी गराए । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads