ads
neelambads

बन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगंजमा भव्य स्वागत

वीरगंज २५ असार । 

नवनियुक्त बन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगञ्जमा भव्य स्वागत गरिएको समाचार छ ।

मन्त्री नियुक्त भए पश्चात् पहिलो पटक वीरगंज पुग्नुभएका मन्त्री यादवलाई शनिबार कार्यकर्ता र स्थानीयले भव्य तरिकाले वीरगंजमा स्वागत गरेका छन् ।

यसैबिच नवनियुक्त बन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगंजमा ५१ किलोको माला लगाएर सम्मान गरेका छन ।

मन्त्री नियुक्त भएपश्चात् पहिलो पटक वीरगज पुग्नुभएका मन्त्री यादवलाई जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको कार्यक्रममा ५१ किलोको माला लगाएर सम्मानित गरिएको थियाे ।

सम्मान पश्चात् आयोजित कार्यक्रममा मन्त्री यादवले आफूसँग समय कम रहेकोले पर्साको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

उहाँले निर्वाचनको मुखमा भए पनि आफ्नो पार्टीले पर्सालाई मन्त्री पद दिएर सम्मान गरेकोमा आभार समेत प्रकट गर्नुभएकाे थियो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads