ads
neelambads

भा.रू. १० लाखसहित भारतिय नागरीक एक जना पक्राउ

 

रौतहट २३ असार । 

    जिल्लाको ईशनाथ नगरपालिका – ६ स्थित चमनाका ईलाकाबाट १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

बुधबार सशस्त्र प्रहरीले १० लाख नेपाली रुपैयाँ र १२ हजार ५ सय भारतीय रुपैयाँसहित भारतमा घर बताउने २६ वर्षीय मोहम्मद कमरे आलमलाई पक्राउ गरेको छ ।

बिआर ५ यू ५१६५ नम्बरको मोटरसाइकलमा सवार आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा रकम फेला परेको हो । उनदे उक्त रकमको स्रोत देखाउन सकेनन् ।

पक्राउ परेका आलमलाई बरामद रुपैयाँ तथा मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद भारतीय रुपैयाँ निजको आफन्तलाई बुझाइएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads