ads
neelambads

बिदेशी घुसपैठ राेक्न नाकामा कडाई र नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

 

सप्तरी २० असार ।

विभिन्न वहानामा नेपाल पसेका रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक नेपालको आन्तरिक सुरक्षाका निम्ति खतराको संकेत भएको भन्दै विश्वहिन्दू परिषद् सप्तरीले यस्तो प्रवेशमा कडाई र नियन्त्रण गर्न माग गरेको छ ।

आइतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई एक ज्ञापन पत्र बुझाउँदै परिषद्ले यस्तो माग गरेको छ । परिषद् का अध्यक्ष रामकिशुन साहका साथै लोकेन्द्र झा, कार्तिक चौधरी, दिलिप साह लगायतका पदाधिकारी सम्मिलित टोलीद्वारा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा देशको सांस्कृतिक पहिचानलाई खलल पु¥याउने त्यस्तो व्यक्ति र समूहलाई गैर कानूनी रुपमा नेपाल प्रवेशमा सघाउने र संरक्षण दिनेमाथि समेत कडा निगरानी र कारवाही गर्न माग गरिएको छ । 

मानवताका लागि चुनौतीपूर्ण मानिएको यस प्रकृतिका समूह र संगठनको काम कारवाही नेपालमा समेत विस्तार हुँदै गएको तथ्य बाहिर आएको छ, ज्ञापन पत्रमा उल्लेख गर्दै भनिएको छ “यसलाई इस्लामिक समूह र संगठनकै प्रभाव र प्रयासमा नेपालमा मदरसाहरुको अनियन्त्रित विस्तार र त्यसमा विदेशी मौलवी÷मौलानाको उल्लेख्य प्रवेशले सुरक्षा चुनौती समेत बढेको देखिन्छ।

” ज्ञापनपत्रमा मदरसा विधेयकलाई राष्ट्रघाति र मानवता विरोधीको संज्ञा दिदै यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads