ads
neelambads

सेजमा ५ वर्षपछि उद्योगीहरु उद्योग स्थापना गर्न ईच्छुक देखिए

बारा २५ असार । 

बारा जिल्लाकाे सिमरा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा ३० वटा निजी कम्पनीले ७ अर्बको लगानी गर्ने भएका छन् ।

८३३ बिगाहा क्षेत्रफल रहेको सिमरा सेजको ‘ए ब्लक’ मा ३० वटा स्वदेशी निजी कम्पनीले ७ अर्बको लगानी गर्ने भएका छन् । 

सिमरा सेजका अनुसार ‘ए ब्लक’को ६० वटा प्लटमा ३० वटा उद्योग आएका छन् । उनीहरुले करिव ७ अर्ब २५ करोड लगानी गर्नेछन् । त्यहाँ ४ हजार ४ सयले रोजगारी पाउने सेजका कार्यकारी प्रमुख डा.चण्डिका भट्टले जनाए । हाल सिमरा सेजमा हर्बल प्रोसेसिङ्ग उद्योग, कृषिमा आधारित उद्योग, मल उद्योग ,आल्मुनियम उद्योग, किचेन सामग्री बनाउने उद्योग सिमेन्ट कम्पनीका बोर्डहरु बनाउने, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण बनाउने र ठूलो संख्यामा गार्मेन्ट उद्योग आएको सेजले जनाएको छ ।

निजी उद्योगलाई आकर्षण गर्न पछिल्लो समय सेजले जग्गाको भाडादर ५० प्रतिशतले घटाएर प्रतिमहिना प्रतिवर्गमिटर १० रुपैयाँ बनाएको छ भने उत्पादनको पहिलो वर्षमै ६० प्रतिशत निर्यात गनुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाएर सुरुको २ वर्ष निर्यात गर्नु नपर्ने र तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० र पाँचौ वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत भारत र चीनसहित तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था लागु गरेको छ । 

उद्योगहरुको भू–वहाल अवधि बढीमा ३० वर्ष रहने र थप १० वर्ष थप्न सक्ने व्यवस्था रहेको छ । 

राष्ट्रिय रुपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सञ्चालन गर्नेगरी शिलान्याश गरेका थिए । सेजमा ५ वर्षपछि उद्योगीहरु उद्योग स्थापना गर्न ईच्छुक देखिएका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads