ads
neelambads

बारामा १० किलो गाँजा सहित २ जना पक्राउ

 

बारा १७ असार । 

जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुर चोकबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको समाचार छ । 

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका १२ बस्ने ३४ वर्षीय भिम बहादुर तामाङ र १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads