ads
neelambads

प्रहरीले चोरीको मोबाइल खोज्दा चोरको डेराबाट निस्कियाे २५१ तोला चाँदीकाे मुर्ति र ९ ग्राम सुनका गहनाहरू

 

बीरगंज १५ साउन। 

प्रहरीले चोरीको मोबाइल खोज्दा चोरको डेराबाट निस्कियाे २५१ तोला चाँदी र ९ ग्राम सुनका गहना लगायत अन्य मालसमानहरू बरामद गरेकाे समाचार छ।

प्राप्तसमाचार अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एउटा टिमले चोरी भएको मोबाइलबारे निगरानी गरिरहेको थियो । 

मोबाइल ललितपुरको बालकुमारीमा ‘एक्टिभ’ भयो । सो मोबाइल चलाउने व्यक्ति थिए । भारत मोतिहारी घर भएर बाल कुमारीमा बस्दै आएका सुनिल कुमार जैसवाल ।  

मोतिहारीको घोडासानका २९ वर्षीय जैसवालको कवाडी संकलन गर्ने गोदाम छ । जैसवाललाई पक्रेर अनुसन्धान गर्दा गोदामबाट २५१ तोला चाँदीका मूर्ति र गहना फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले संचारकमीलाई जानकारी गराउनु भयाे ।

२०७९ जेठ ९ मा राति बुद्धनगर बस्ने रोशन भण्डारीको डेराबाट मोबाइल र ल्यापटप चोरी भएको थियो । सो चोरीबारे अनुसन्धान गर्दा जैसवाल पक्राउ परेका छन् । 

जैसवालले चोरीका गहना र सामान जानीजानी खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी कोइरालाले जनाए । 

जैसवालको डेराबाट प्रहरीले चोरीका सुनका गहना ९ ग्राम, टिभी ३ थान, कम्यूटर मनिटर २ थान, चरेशको गाग्री, थाल, कचौरा र पानि तान्ने मेशिन लगाएका सामान बरामद गरेको छ । 

गोदामबाट प्रहरीले विभिन्न देशका मुद्रा पनि बरामद गरेको छ । अरोपीमाथि चोरी मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिने एसपी कोइरालाले जानकारी  गराए । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads