ads
neelambads

चोरीको मोटरसाइकलसहित लामा र भोलन पक्राउ

 

हेटाैडा ९ साउन। 

    मकवानपुर प्रहरीले हेटौँडाबाट चोरीको २ वटा मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको समाचार छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो हेटौँडा – १० बसपार्कमा सवारी साधनहरू रोकी सुरक्षा जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेका छन ।

प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा बागमती प्रदेश ०२ – ०१९ प १४७१ नम्बरको २०० सिसीको बजाज पल्सर (एनएस) मोटरसाइकल र चालक मकवानपुरको बागमती गाउँपालिका – ४ राई गाउँका २३ वर्षीय बिछोड लामा र बागमती प्रदेश ०२ – ०३६ प ९९१६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित बकैया गाउँपालिका  –   २ का ३३ वर्षीय तीर्थमान लामा भोलनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नियन्त्रणमा लिइएको मोटर साइकलसहित कारबाहीका लागि लामा र भोलनलाई प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads