ads
neelambads

मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर ःमहानिर्देशक शर्मा

 

काठमाडौं १८ असार। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बजारको मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गइरहेको जनाएका छन् ।

शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै उनले शुक्रबार देशभर एकसाथ, एकै समयमा बजार अनुगमन गरिएको जानकारी गराए ।

विदेशबाट नै सामानको मूल्य बढेर आएकाले मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर रहेको उनको भनाइ छ । महानिर्देशक शर्माले एक वर्षमा पेट्रोलियम पदार्थको १०४ प्रतिशत मूल्यवृद्धि भएकाले अरू वस्तुको मूल्य बढेको उल्लेख गरे ।

अभियानकै रूपमा यसप्रकारको अनुगमनको सुरुवात गरिएको र आउँदा दिनमा पनि यसलाई निरन्तरता दिइने विभागले जनाएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads