ads
neelambads

राष्ट्रपतिद्वारा तीन जना नयाँ मन्त्रीको नियुक्ति, अपरान्ह शपथ ग्रहण

 

काठमाणडाै २० असार ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको समाचार  छ ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्र सिंहको नाम सिफारिस गरेका छन ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण अपरान्ह चार बजे हुने भएको छ।

यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads