ads
neelambads

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

 

काठमाडौं २० असार ।  

राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराएकी छिन् ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । मन्त्रीहरुले शपथ समारोहपछि सोमबार नै सिंहदरबारमा आआफ्ना मन्त्रालयमा आई पदभार ग्रहण गरिसकेका छन् ।

जनता समाजवादी पार्टीले मन्त्रीहरु महिन्द्र राय यादव, रेणु कुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्रिपरिषदमा पठाएको छ ।  जसपाले नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ बाहेक अरु मन्त्रीलाई फिर्ता बोलाएका छन ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads