ads
neelambads

बस दुर्घटना हुँदा ९ जनाको ज्यान गयो, २४ जना घाइते

रामेछाप २१ असार । 

बस दुर्घटनामा ९ जनाको मृत्यु र २४ जना घाइते भएकाे समाचार छ । रामेछापको सुनापथी गाउँपालिकाको हिलेदेवीबाट काठमाण्डौको लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवि गाउँपालिका १ को लुभुघाटमा दुर्घटनामा परेका छन । 

ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी गराउनुभयो । 

तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। भने केही घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको तामाङले बताए । अहिले शव सङ्कलन र उद्धारको कार्य भइरहेको उहाँले जनाउनु भयो । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads