ads
neelambads

दूतावासमा गोली चल्यो, सुरक्षागार्डको मृत्यु

काठमाण्डाै २० असार। 

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली चलेको खबर छ। दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेकाे समाचार छ ।

दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।

घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने भएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads