ads
neelambads

मधेस प्रदेशसभाको बैठकले कर तथा गैर कर राजस्व लगाउने तथा उठाउने विधेयक पारित

धनुषा २६ असार। 

मधेस प्रदेशसभाको बैठकले कर तथा गैर कर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । 

आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभयो । 

बैठकमामा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गर्नुभएको थियो । 

यसअघि हिजो शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो । 

विधेयक पारित भएसँगै प्रदेशसभाको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads