ads
neelambads

जसपामा विवाद चर्कियो, उपेन्द्र यादव पक्षको बैठक आज वीरगंजमा

 

 बीरगंज २९ असार । 

विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका छुट्टाछुट्टै बैठक बस्ने भएका छन्। 

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक सुरुकाे छ । भने अध्यक्ष उपेन्द्र यादव पक्षको छुट्टै बैठक बुधबार वीरगंजमा सुरु गर्दैछ। 

बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू मंगलबार नै वीरगंज पुगिसकेका छन् भने देशका विभिन्न क्षेत्रबाट नेता र कार्यकर्ता पुग्ने क्रम जारी छ। 

यता, भट्टाराई पक्षको बैठक बुधबार पनि जारी रहने छ। 

मधेस क्षेत्रबाटै उदाएको भए पनि उपेन्द्र यादव नेतृत्वको पार्टीले आफ्नो राजनीतिक गतिविधिलाई काठमाडौंमै केन्द्रित गर्दै आएको थियो।

त्यसैले पार्टीका बैठक र आन्तरिक संघर्ष पनि काठमाडौंकै भूमिमा भएको थियो। तर, यसपटक भने पार्टीले मधेस ‘सम्झिएको’ छ।

पार्टी विभाजनको मुखमा मधेस क्षेत्रमै बैठक राख्दा बैठकस्थलकै कारण पनि यादवले भावनात्मक लाभ पाउने सम्भावना रहन्छ। 

तर मधेशी जनतालाइ मधेश आन्दोलनको समय बीरगंजको मितेरी पुलमा मधेशी नेताहरूले मधेश प्रदेशको राजधानी बीरगंज बनाउने आश्वासन दिइएको भएपनि पुरा नगरेका कारणा अर्कोतिर पर्सेली जनता रूष्ट रहेका छन ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads