ads
neelambads

नेपालबाट भारत तर्फ गाँजा तस्करी राेकिएन, १५६ केजी गाँजा सहित ट्रक र चालक पक्राउ

 

माेरङ १४ साउन । 

नेपाल सरकारले गाँजा तस्करीलाइ नियन्त्रण गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र लागु औषध नियन्त्रक इकाइ गठन गरी परिचालन गरेका बावजुद पनि नेपालबाट भारत तर्फ गाँजा तस्करी रोकिएको छैन । 

प्राप्त समाचार अनुसार तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर – १५ को दुई नं। ढाटदेखि पक्राउ गरेको समाचार छ । 

इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र १ – ०२ – ००१ ख ८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा ६ बोरा गाँजा फेला पारेका छन । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका – ३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो ।

गाडीमा बन्दाकोभीका बोरा मुनी छ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको छ । 

प्रहरीले चेकजाँचपछि गाँजा भेटिएको मिनिट्रक, चालकसहित सम्पूर्ण सामान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

इलाका प्रहरी कार्यालय रानीले चालक राईसँग गाँजा विषयमा थप अनुसन्धान सुरु गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराउनु भयो । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads