ads
neelambads

बाढी पसेर प्रभावित बनेका निजगढको जनजीवन सामान्य बन्दै

बारा १७ असार। 

अविरल वर्षका कारण भलपानीको बाढी पसेर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ। वर्षा रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको समाचार छ।

अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेकाे थियाे।

भलपानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालय डुवानमा परेका छन्। बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुवानमा परेकाे थियाे। बाढीका कारण सहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका थिए।

बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाँडाकुँडा बगाएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए। बाढी र डुवानले मेस सञ्चालन गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीलाई निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जनाए।

कार्यालयको मूलगेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरूले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए। तर भवनको पछाडिपट्टिबाट पसेको बाढीले चौकीको मेस डुवानमा पारेको र सामग्री बगाएको छ।

निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ, वडा नं. ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोलीले पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको छ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads