ads
neelambads

अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

बीरगंज ३२ असार ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) पर्साद्वारा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आज वी. पी. सी. कलेजमा सम्पन्न भयाे।

लेटेस्ट टेकेनोलोजिको प्रयोग गरी खेलाइएको यस प्रतियोगितामा पिस जोन मा. वि. प्रथम, ओसिस मा. वि. द्वितीय र ग्रिण्डल्याण्ड मा वि तेस्रो स्थान प्राप्त गरेका थिए। 


नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बन्जराको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमका  बिशिष्ठ अतिथी एन प्याब्सनका पूर्व केन्द्रीय सचिव डा. नन्दन यादव र अतिथी केन्द्रीय सदस्य ईन्द्रदेव साह, कार्यक्रमका कोर्डिनेटर लाल बहादुर गुरुङ, सन्तोष साह सहित जिल्लाका पदाधिकारी एवं सदस्य महानुभावहरूले विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएका थिए ।

भने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) पर्साका जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे थियाे । 

भने उक्त संस्थाका सचिव प्रमोद सहनीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

Previous Post Next Post
neelambAd
ads