ads
neelambads

विद्यार्थीसँग मनोमानी शूल्क असुलेको भन्दै निजी विद्यालयको बिरोधमा अभिभावकहरु सडकमा

 

वीरगंज १८ असार । 

विद्यार्थीसँग मनोमानी शूल्क असुलेको भन्दै निजी विद्यालयको बिरोधमा वीरगञ्जका अभिभावकहरु सडकमा उत्रिएकाे छ। अभिभावकहरुले संघर्ष समिति नै बनाएर शनिबारबाट सडक संघर्षमा उत्रिएका छन् । 

संघर्ष समितिका संयोजक सन्दिप कुमार साहको नेतृत्वमा वीरगञ्जको घण्टाघरबाट निस्केको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

निजी विद्यालयले आफ्नो फाइदाका लागि वर्षैपिच्छे किताब परिवर्तन गर्ने, किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनु पर्ने लगायतको व्यवस्थाले अभिभावकलाई आर्थिक भार थोपर्ने काम गरेको अभिभावकको आरोप छ ।

अहिले निजी विद्यालयले खेलकुद, बसभाडा, धरौटी लगायत विभिन्न शीर्षकमा अभिभावकसँग रकम असुल्ने गरेको छ ।

यतिमात्रै नभई बार अनुसारको विद्यालय पोशाकको व्यवस्था गरेर पोशासकबाटै कमिशन लिने गरेको संघर्ष समितिका संयोजक साह बताउँछन् । अहिले निजी विद्यालयहरुले मासिक शूल्क नै ५० प्रतिशत भन्दा बढी मनोमानी रुपमा बृद्धि गरेर असुलीका लागि घरघरमा बिल पठाइरहेको अभिभावकहरु बताउँछन् ।

गुणस्तरीय शिक्षा भन्दै विभिन्न शीर्षकमा रकम असुल्न यहाँ नाम चलेकै निजी विद्यालयहरु अग्रस्थानमा रहेको अभिभावक मुन्ना समानी बताउँछन् ।

प्रदर्शनमा उनीहरुले स्कुल ड्रेसमा भइरहेको कमिसनखोरी बन्द गर, प्रत्येक वर्ष किताब परिवर्तन गर्न पाइँदैन, मनोमानी फि लिन पाइँदैन लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यस अघि उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई भेटेर ज्ञापन पत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

अभिभावकहरुले निजी विद्यालयको शूल्क महानगरपालिकाकाले नै तोक्ने व्यवस्था मिलाउन माग गरेका छन् । महानगरले नै शूल्क तोकिदिए निजी विद्यालयको मनोमानी अन्त्य हुने अभिभावकको विश्वास छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads