ads
neelambads

बाराकाे सबैभन्दाबढि बेरूजु जितपुर सिमरा उपमहानगरपालिका, सबैभन्दा कम बेरूजु परवानीपुर गाउँपालिका

 जीतपुरसिमरा उपमहानगरको बेरुजु करिब ५३ करोड


बीरगंज १५ साउन। 

बारा जिल्लामा सबैभन्दा बढी बेरुजु जीतपुरसिमरा उपमहानगरपालिकाको देखिएको समाचार छ । 

    जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको छ । उपमहानगरपालिकाले प्रतिस्पर्धाबाट गर्नुपर्ने काम पनि उपभोक्ता समितिबाट गराएको महालेखा परीक्षकको कार्यालयको ५९ औँ  प्रतिवेदनमा उल्लेख गरीएकाे छ । 

कुल पुँजीगत खर्चको ७६ प्रतिशत खर्च उपभोक्ता समिति बनाई खर्च गरेको छ । महालेखापरीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदन अनुसार जीतपुरसिमरा उप महानगरपालिका कार्यालयको २०७८ असार ३१ गतेसम्म समाप्त आर्थिक कारोबारको लेखापरीक्षण गर्दा एक आर्थिक वर्षमा मात्र २४ करोड ६ लाख ६ हजार बेरुजू रकम ठहर भएको छ ।

बेरुजू रकम प्रति वर्ष थपिँदै जानु उपमहानगरको लागि अहित हुने सङ्केत देखिएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि बेरुजू रकम फर्छ्योट गर्नु अहिले चुनौतीको विषय भएको छ ।

जिल्लामा परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम रु १ करोड ७१ लाख ९६ हजार रहेको छ । 

बारा जिल्लामा दुई वटा उपमहानगरपालिका, पाँच वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads