ads
neelambads

नेपालबाट भारत तर्फ मदिरा ब्यापक तस्करी, रू १८ लाखको मदिरा महाेतरीबाट प्रहरीद्वारा बरामद

बीरगंज १४ साउन । 

    नेपालकाे पर्सा, बारा, राैतहट, सर्लाही, महाेतरी र धनुषा जिल्लाबाट भारत तर्फ मदिरा ब्यापक तस्करी हुने क्रममा रू १८ लाखको मदिरा  महाेतरी जिल्लाबाट प्रहरीद्वारा बरामद गरीएकाे समाचार छ ।

महोत्तरीको मनरासिस्वा नगरपालिका – ५ स्थित नेपाल – भारत सीमा नजिकबाट भारत लैजान लागेको रु १८ लाखको मदिरा  प्रहरीले बरामद गरेका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति  प्रहरीले बरामद गरेको हो । 

छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । 

बरामद मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ । उक्त मदिरा ओसारपसारमा संलग्न व्यक्तिको पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads