ads
neelambads

धनुषामा २३ लाख नगद सहित भारतीय नागरिक अब्दुल समी पक्राउ

 

धनुषा १० साउन । 

जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको समाचार छ । 

प्रहरीले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने – ९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेका छन । 

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका  - १२,  कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जनाउनु भयो । 

बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुर तर्फ आउँदै गरेको अवस्थामा समीको शरीर खानतलासी गर्दा स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० नेपाली रुपियाँ बरामद भएको प्रवक्ता क्षेत्रीले जानकारी गराउनु भयो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads