ads
neelambads

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा

बीरगंज १५ साउन ।

पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेकाे समाचार छ।

 पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबार देखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।  

 २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने पनि जनाएको छ । यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी समेत दिएका छन् । 

हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads