ads
neelambads

पहिराेले नारायणगढ - मुग्लिन र पृथ्वी राजमार्ग सडक अवरुद्ध

 

बीरगंज १७ साउन । 

लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ – मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । 

    सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका छन् । नारायणगढ – मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका – २९ केराबारी र सत्र किलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।

    ईच्छाकामना गाउँपालिका – ६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी गराउनु भयाे । 

    पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना–३ कुरिनघाटमा बिहान ८ ः ५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उहाँले जनाए । 

    पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उहाँले बताए ।

    इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेका छन ।  

    गएरातिदेखि नै सडक अवरुद्ध भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन रहेकाे छ । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads