ads
neelambads

उपसचिव नेपालको गाडीबाट साढे २२ लाख रुपैयाँ बरामद

 

बीरगंज १७ साउन ।  

६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएको समाचार छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हो । गाडीमा भेटिएको यो रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएको छ । 

यसअघि आयोगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको थियो । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जानकारी गराएको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads