ads
neelambads

मध्य नेपाल मिडिया प्रा.लि.को छैठो बार्षिकोत्सव कार्यक्रम सम्पन्न

 

वीरगंज १२ भदौ । 

मध्य नेपाल मिडिया प्रा.लि.ले आफ्नो छैठो बार्षिकोत्सव समारोह तथा  नेतृत्वमा युवा कि पाका  बिषयक अन्तरक्रिया कार्यक्रम आज होटल कुमु प्यालेसको सभाहल आयोजना गरयो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वातावरण तथा वन मन्त्री प्रदीप यादवले पानसमा दीप प्रज्जवलित गरी कार्यक्रमको समुदघाटन गर्नु भयो ।

कार्यक्रमका बिशेष अतिथि बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महसचिव श्याम बन्जारा, पशुपति बिक्रम शाह, नेपाल पत्रकार महासंघका केंन्द्रीय सदस्य के।सी।लामिछाने, नेपाली काँग्रेस पार्टीका नेतृ रम्भा मिश्रा, कमल चौलागाई लगायतका महानुभावहरुले आ आफ्नो बिचार ब्यक्त गर्नुको साथै शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


बार्षिकोत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष सुनिता बराललाई नगद दश हजार एक सय रुपैया सहित सम्मान पत्रबाट प्रमुख अतिथि मन्त्री यादवले सम्मानित गर्नु भयो ।


 साथै उक्त कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, श्री भवानी हस्पिटल प्रा.लि.का प्रबन्धक निर्देशक रामराज श्रेष्ठ, भोजपुरी टाईम्सका प्रकाशक अजय चौरसिया, होटल कुमु प्लेसका संचालक कुमार श्रेष्ठ लगायतलाई  मन्त्री यादवले सम्मान पत्रबाट सम्मनित गर्नु भएको थियो ।

उक्त कार्यक्रमको मिडिया प्रा।लिका कविता खडकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । सो बार्षिकोत्सव कार्यक्रम संचालन लक्ष्मी खरेलले गरेकी थिईन ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads