ads
neelambads

भारतीय नागरीकबाट ३५ लाख रुपैयाँ बराबरको सुन बरामद

 

बीरगंज १७ साउन । 

    थाइल्याण्डको बैंककबाट काठमाडौं आएका भारतीय यात्रुको साथबाट ५ वटा हाफ पाइन्टको बटम नै सुनको भेटिएको समाचार छ । 

    मङ्गलबार दिउसो करिब १ बजे थाई स्माईल एयरलाईन्समार्फत काठमाडौं आएका भारतीय यात्रुको साथबाट बरामद गरिएको हाफ पाइन्टको बटम सुनका भेटिएका छन ।

    भारतीय नागरिक डेभिड मक्करले आफ्नो साथमा ल्याएको ५ वटा हाफ पाइन्ट भित्र अस्वभाविक संख्यामा जडान गरिएका टाँक जडान गरेको पाइएको छ । 

    त्रिभुवन विमानस्थलको भन्सार कार्यालयलाई शंका लागेपछि चेकजाँच गर्दा (टिप बटन) भित्र साना÷साना रिङ् बनाएर ४२६ ग्राम सुन लुकाएर ल्याएका छन । 

    सुन फेला परेपछि भन्सार कार्यालयले सुनसहित यात्रुलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारवाही सुरू गरेको छ ।

    भन्सार प्रमुख महेश भट्टराईले निकै कुशलतापूर्वक रेडिमेड हाफ पाइन्टको मेटल बटन भित्र प्रत्येक बटनमा २ वटा सुनका रिङ्लाई फिट गरेर लुकाई छिपाई ल्याइएको अवस्थामा निजलाई नियन्त्रणमा लिइएको जनाए । 

     त्यसरी ल्याइएको कूल सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको छ । 

    ती यात्रु एक्लैले सुन तस्करी गरेको वा अन्यको संलग्नता समेत रहेको बारे अहिले अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ । 

    हाल भारतीय यात्रु नेपाल प्रहरीको हिरासतमा रहेका छन् । 

    भने कसुर प्रमाणित भएमा नियन्त्रणमा लिइएको सुन जफत हुनुको साथै निजलाई बिगो बमोजिमको ३५ लाख रुपैयाँ नै जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्ने जनाएकाे छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads