ads
neelambads

राजस्व छलेको आरोपमा ट्रकसहित माल सामान पक्राउ

वीरगंज, ३१ साउन ।
जिल्ला प्रहरी कार्यालय, पर्साले  बिल बिजकभन्दा फरक सामानहरू लोड रहेका एउटा ट्रक नियन्त्रणमा लिएको छ । 

चामलको बिल साथमा लिई राजश्व छली चोरी पैठारी गरी ल्याएका सुर्ती, चेरी पान मसाला र चैनी पान मसाला बोकेको ट्रकलाई सोमवार राति १० बजे वीरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएकाे क्राइम टाेलीले नियन्त्रणमा लिएको समाचार छ । 

ना.८ ख ३४२६ नम्बरको मालवाहक ट्रकबाट चामलको विल मात्र साथमा रहेको र सुर्ती १६ बोरा, चैनी पान मसाला १४ बोरा तथा चेरी पान मसाला १० बोरा बिना प्रज्ञापन पत्रको देखिएको हुँदा नियन्त्रणमा लिई अड्तिस लाख साठी हजार एक सय रूपैया बराबरकाे मूल्याङ्कन गरी आवश्यक कारबाईको लागि आज सम्बन्धित निकायमा पठाएका छन ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads