ads
neelambads

बीरगंज हेल्थ केयरमा डा. बसेका छैन्न्, हत्यारा बसेका छन ः ने.काँ.यूवा नेता सिहं

 

बीरगंज ०२ भदौ । 

    बीरगंज हेल्थ केयर हस्पिटलमा कार्यरत डा. आसिफ अंसारीले पितथैलीको अप्रेशन गर्दा नसा कटन गएका कारण बिरामी फिरोज मियाँको अत्यधिक रक्तश्रावले अचेत अवस्थामा हुँदा निजलाई हेलीकॉप्टरबाट काठमाण्डौको मेडीसिटी हस्पिटलको भेन्टिलेटरमा राखी उपचार गराई रहेको कुरा पिडित बिरामीका बुबा जुमन मियाँ रुदै स्थानीय संचारकर्मीलाई जानकारी गराउनु भयो ।

त्यसैगरी नेपाली कांग्रेस पार्टी पर्साका यूवा नेता नबिन सिहंले बीरगंज हेल्थ केयर हस्पिटलमा डा. बसेका छैन्न् । त्यहाँ हत्यारा बसेको बताए । 

डा.अंसारीको लपरवाही पुर्ण ईलाजको कारण छोरा मर्ने बाँच्ने दोसाँधमा रहेकोले बिपक्षी हस्पिटलका संचालक र डा. अंसारीको  कार्य मुलुकी अपराध संहिता २०७४ को दफा २३२ नं. बमोजिम कसूर अपराध गरेको हुनाले बिपक्षीहरु उपर लपरवाही तथा हेलचक्रयाई गरी ईलाज गर्न नहुने मुद्दा चलाई हदैसम्मको दण्ड सजाय गरी ईलाज खर्च दिलाई आवश्यक क्षतिपूर्ति दिलाई भराई पाउँ भनी जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दरखास्त दिईएको र उक्त माग पुरा नभएमा कडा आन्दोलन गर्ने पत्रकार सम्मेलनमा पिडित पक्षले जनाए ।

नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले गरीब जुमन मियाँको नाममा जम्मा चार कट्ठा जग्गा मात्र रहेको र उपचार खर्च महङ्गा भएकोले भ्याउन नसक्ने बताए ।

हाल सम्म छोराको उपचारमा ६ लाख ७५ हजार रुपैयाँ खर्च समेत भई सकेको पिडित बिरामीका बुबा मियाँले जनाए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads