ads
neelambads

भारतिय सुन तस्कर विमानस्थलबाट पक्राउ, दिसा गराउँदा झन्डै एक किलो सुन निस्कियो

 

काठमाण्डौ ०५ भदाै । 

त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक भारतिय नागरीकलाइ दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको समाचार छ ।

हिजो बिहान दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

उनलाइ शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाण्डौ मेडिकल कलेजमा एक्स – रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको प्रहरीले जनाएको छ ।

दिसा गर्ने क्रममा अर्धठोस अवस्थामा बेलनाकार चार वटा पोका फेला पारेको र त्यो झन्डै एक किलो रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads