ads
neelambads

साउन महिनामा २० करोड दुई लाख एक हजार ७५० रुपियाँको तरकारी सर्लाहीबाट निर्यात

 

सर्लाही  ९ भदाै । 

सर्लाहीबाट विभिन्न जिल्लामा एक महिनामै करोडौँको तरकारी निर्यात भएको समाचार छ ।

कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार साउन महिनामा २० करोड दुई लाख एक हजार ७५० रुपियाँको तरकारी निर्यात भएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै तीन करोड ७० लाख ४० हजार २५० रुपैयाँको परबल, लौका तीन करोड ५९ लाख ९९ हजार २५० रुपैयाँ, बोडी दुई करोड २८ लाख ७३ हजार ५ सय रुपैयाँको, एक करोड ८७ लाख ८६ हजारको गोलभेँडा, एक करोड १५ लाख ५० हजार रुपैयाँको हरियो खुर्सानी, एक करोड ५५ लाख ३४ हजार ५ सय रुपैयाँको काँक्रो निर्यात भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएका छन ।

लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने तरकारी काठमाडौँ, पोखरा, नारायणघाट, हेटौँडालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । 

मधेश प्रदेशकै प्रसिद्ध तरकारी बजारको रुपमा रहेको लालबन्दी तरकारी बजारमा सर्लाही र महोत्तरीका किसानले तरकारी बेच्ने गरेका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads