ads
neelambads

मिटर ब्याजीले सर्वसाधारण जनतालाई ४ लाख दिएर ५० लाखको कागज बनाएको पर्सामा खुलासा

 पैसा दिएको मिति भन्दा पनि ५ / ६ बर्ष पुरानो कागज बनाएर पैसा दिएको देखाउने जस्ता उजुरी, 

वीरगंज ९ भदाै। 

पर्सा जिल्लामा मिटरब्याजी विरुद्ध ८६ वटा उजुरी पिडितहरूले दर्ता गराएका  छन् । 

गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनकालागि जारी गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, पर्सामा हालसम्म ८६ वटा उजुरी दर्ता भएकाे छ । 

मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणले सयौं परिवारलाइ  बिचल्लीमा पारेकाले गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सर्वसाधारणकालागि सूचना जारी गरेको थियो ।

प्रशासनमा परेका उजुरी निवेदनका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने र  छलफलमा सहमति नभए कारबाहीकालागि जिल्ला प्रहरी कार्यालयमा पठाउने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भयो । 

कारबाहीकालागि प्रहरीकोमा पठाउँदा गृह मन्त्रालयमा समेत सिफारिस गरिने बताउँदै प्रवक्ता पौडेलले दोषी पाइएका मिटरब्याजी विरुद्ध बैङ्किङ कसुर र मुलुकी अपराध संहिताअनुसार मुद्दा चलाइने जानकारी दिनुभयो । 

पछिल्लो समय बैङ्कमा तरलता अभाव भएसँगै मिटरब्याजी धन्दाले प्रश्रय पाएको छ । यसले पीडितहरू प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि जाने क्रम समेत बढ्दै गएको छ । 

विशेष गरी पर्साको ग्रामीण क्षेत्रमा मिटर व्याजीहरुको चलखेल बढी रहेको र गाउँका सर्वसाधारण जनतालाई ४ लाख दिएर ५० लाखको कागज बनाउने, पैसा दिएको मिति भन्दा ५ / ६ बर्ष पुरानो कागज बनाएर पैसा दिएको देखाउने जस्ता उजुरी पर्सामा परेको पौडेलले बताउनुभयो । 

आज मात्रै जिल्ला प्रशासन कार्यालय पर्सामा ३ वटा मिटर व्याजी विरुद्धको उजुरी परेको पौडेलले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads