ads
neelambads

विकास कार्यामा राजनीति गर्न नहुने ः मन्त्री मोहम्मद इस्तियाक राई

 

नेपालगन्ज ४ भदाै । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने जनाउनु भयाे ।

बाँकेको नेपालगन्जस्थित जमुनाहादेखि कोहलपुरसम्म निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक आयोजनाको आज नेपालगञ्जमा शिलान्यास गर्दै मन्त्री राईले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग सावधान रहन आग्रह गर्नुभयो । 

आफूले सधैँ सबैको विकास र उन्नतिको राजनीति गरेको दाबी गर्दै उहाँले विकासमा राजनीति गर्न नहुने बताउनुभयो ।

मन्त्री राईले आफू बाँकेबाट दुई पटक सांसद र तीन पटक मन्त्री भएको अवधिमा गरेका विकासका कामहरू जनतालाई नै केन्द्रबिन्दुमा राखेर सम्पन्न गरेको उल्लेख गर्नुभयो ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads