ads
neelambads

एशियन लाइफ इन्स्याेरेन्स क.लि. शाखा कार्यालय बीरगंजकाे तिज बिशेष कार्यक्रम सम्पन्न

बीरगंज १० भदौ । 

एशियन लाइफ इन्स्योरेन्स क.लि. शाखा कार्यालय बीरगंजले रोयल पार्टी प्यालेसको सभाहलमा तिज बिशेष कार्यक्रमको आयोजना गरयो ।

सो तिज बिशेष कार्यक्रमका प्रमुख अतिथी एशियन लाइफ इन्स्योरेन्स क.लि.का मधेश प्रदेश प्रमुख रामरूप सहनीले पानसमा दिप प्रज्जवलित गरी कार्यक्रमको समुदघाटन गर्नु भयो ।

समुदघाटन कार्यक्रममा सहभागी कर्माचारी लगायत बरिष्ठ महिला अभिकर्ताहरूलाइ प्रमुख अतिथी सहनीले खादा ओढाएर स्वागत सम्मान गर्नुको साथै तिजको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथी बरिष्ठ महिला अभिकर्ता देवका बराल, सरिता चौधरी र पुर्णिमा शर्माले  एशियन लाइफ इन्स्योरेन्स कम्पनिको बिमाको महत्व बारे साे कार्यक्रममा प्रकाश पार्नुको साथै तिजको शुभकामना  मन्तब्य ब्यक्त गर्नु भयो ।

उक्त कार्यक्रमको अध्यक्षता एशियन लाइफ इन्स्योरेन्स क.लि. शाखा कार्यालय वीरगंजका कर्मचारी प्रमोद साहको अध्यक्षतामा तिज बिशेष कार्यक्रम सम्पन्न भयो । 

भने सो बिशेष तिज कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स क.लि. शाखा कार्यालय वीरगंजका कर्माचारी र महिला अभिकर्ताहरूको उल्लेख्य मात्रमा उपस्थिति रहेकाे थियाे ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads