ads
neelambads

रौतहटमा चोरीको मोटरसाइकलसहित दुर्ई जना पक्राउ

वीरगंज, ६ साउन । 
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुर्ई थान पल्सर मोटरसाइकलसहित दुर्ई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मौलापुर नगरपालिका १ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँँपालिका–३ का ३० वर्षीय महमद सननाउल्लह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए । 

विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जना माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसंधान शुरू गरिएको प्रवक्ता मल्लले बताएका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads