ads
neelambads

वडा नं. २ मा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

वीरगंज, १७ भदौ । 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया –२ को आयोजनामा वीरगंज महानगरपालिका  वडा न. २ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । 

शिविरमा ३३६ जनाले स्वास्थ्य जाँच गराएका थिए । दुई सयजनाको आँखा चेकजाँच गर्दा ३५ जनामा मोतिया बिन्दु देखिएको र उनीहरूको निशुल्क अपरेसन गरिने चिकित्सकले बताएका छन् । फिजिसियन तर्फ ९६ जना, डेन्टल तर्फ २५ जना र बालरोग तर्फ १५ जनाले चेकजाँच गरेको सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष ग्याँसुदिन ठकुराईले जानकारी दिए । 

शिविरमा दन्तरोग विशेषज्ञ डा. रेयाजुल हक, बालरोग विशेषज्ञ डा. असलम अन्सारी, आँखा विशेषज्ञ डा .महेश सिंह धामी, फिजिसियन विशेषज्ञ डा. रबिरन्जन साह, प्रसुतीरोग विशेषज्ञ डा. प्रिति भट्टराईले परीक्षण गरेका थिए । 

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्याँसुदिन ठकुराइको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख  इम्तियाज आलम रहेका थिए । 

कार्यक्रममा वडाध्यक्ष महमद रेयाज मियाँ तेली,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरी,निर्मल बुढाथोकी,  वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल,सशस्त्र प्रहरीका प्रहरी निरीक्षक तिर्थ न्यौपानेलगायतको उपस्थिति थियो । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads