ads
neelambads

प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम मनकामना माध्यमिक बिधालय


बीरगंज २५ भदौ । नेशनल प्याब्सन मधेश प्रदेश समितिद्वारा आयोजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता  बीरगंजको पदमा पार्टी प्यालेसको सभाहलमा शनिवार सम्पन्न भयो। 

हाजिरी जवाफ प्रतियोगिता नेशनल प्याब्सन मधेश प्रदेशका अध्यक्ष डा. नन्दन यादवको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति पुर्वमन्त्री तथा वर्तमान सांसद अनिल कुमार झाले पानसमा दिप प्रज्जवलित गरी कार्यक्रमको समुदघाटन गर्नु भयो ।


हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा मधेश प्रदेशकाे आठवटा जिल्लाका बिधालयहरूको सहभागिता रहेको थियो ।                        

सप्तरीको राजविराजबाट शिव ईन्टरनेशनल माध्यमिक विधालय, जनकपुरको धनुषाबाट जानकी विद्या मन्दिर, महोत्तरीको रामगोपालपुरबाट न्यूटन भ्यू . इ. वो . स्कूल, सर्लाहीबाट ब्राईट स्किम ई. वो .स्कूल, रौतहटबाट मध्य रौतहट ई वो स्कूल, बाराको कलैयाबाट मनकामना माध्यमिक विधालय , सिरहाबाट गुरुकुल पाठशाला, पर्साको वीरगंजबाट सिद्धार्थ ई वो स्कूलले भाग लिएका थिए ।


उक्त हाजिरी जवाफ प्रतियोगितामा भाग लिएका बिधालयहरूमध्ये बारा जिल्लाको मनकामना मा वि प्रथम, सप्तरीको शिव ईन्टरनेशनल मा वि दोस्रो र धनुषा जिल्लाको जानकी विद्या मन्दिर तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।


हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा विजयी भएका विद्यालयका बालबालिकाहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले शिल्ड, मेडल तथा प्रमाण - पत्र प्रदान गर्नुको साथै आ - आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।


कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय उपाध्यक्ष बजेन्द्र मिश्र, सल्लाहकार राम बिनय चौरसिया, केन्द्रीय सचिव मो.अलि अन्सारी, पूर्व सचिव थानेश्वर साह, केन्द्रीय सदस्य ईन्द्रदेव साह, राम प्रसाद अधिकारी, चन्द्र नारायण मण्डल, प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु उपस्थित रहनु भएको थियो ।


भने कार्यक्रममा सप्तरी जिल्लाका अध्यक्ष नरेश प्रताप साह, महोत्तरी जिल्लाका अध्यक्ष रामबाबु सिंह, सर्लाही जिल्लाका अध्यक्ष युवराज भुजेल, रौतहट जिल्लाका अध्यक्ष बिगन राय यादव, बारा जिल्लाका अध्यक्ष प्रभु कुशवाहा, पर्सा जिल्लाका अध्यक्ष राम कुमार श्रेष्ठ लगायत जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति समेत रहेको थियो।


पत्रकार उज्ज्वल घिमिरेले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा क्विज मास्टरको भूमिका माउण्ट हर्मन मा वि का प्र.अ. सन्तोष साहले निर्वाह गर्नु भएको थियो ।

भने कार्यक्रममा स्वागत मन्तव्य सचिव जितेन्द्र प्रसाद यादवले र स्वागत नृत्य विद्या सदन मा. वि. का बालबालिकाहरुले गरेका थिए।

Post a Comment

Previous Post Next Post
neelambAd
ads