ads
neelambads

पर्सा जिल्लामा करेन्ट लागेर एकजना मिस्त्रीको मृत्यु

वीरगंज २६ भदौ । 

जिल्ला प्रहरी कार्यालय, पर्साले करेन्ट लागेर एकजना मिस्त्रीको मृत्यु भएको जनाएको छ । 

आज बिहान ७ बजेको समयमा सखुवा प्रसौनी गा.पा.वडा नं. ३ घर भई हाल वीरगंज म.न.पा.वडा नं. १३ राधेमाई बस्ने फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सखुवा प्रसौनी गा.पा.६ लखनपुर बस्ने वर्ष २७ को ईसराईल मियाँँ ( मिस्त्री) लाई करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको लागि वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले तराई अस्पताल पुरयाएको थियो । 

अस्पतालमा २७ वर्षीय मिस्त्रीको मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

Post a Comment

Previous Post Next Post
neelambAd
ads