ads
neelambads

साढे सात लाखसहित आलम पक्राउ

वीरगंज २६ भदौ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले सात लाख त्रिपन्न हजार तिन सय रकमसहित हुण्डी कारोवार गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । 

आज दिउँसो १ः ३० बजे प्र.नि. प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज म.न.पा.वडा नं.२ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडकखण्डबाट प्रदेश २ – ३ – ०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल चेकजाँच गर्दा पोखरिया नगरपालिका वडा नं. ९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महमद रिजवान आलमलाई उक्त रकमसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । 

रिजवानले जिन्स पाइन्टको खल्तीमा राखेको रु सात लाख त्रिपन्न हजार तीन सय बरामद भएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भैरहेको जिप्रका, पर्साले जनाएको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads