ads
neelambads

राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

 

राजविराज १९ भदाै । 

सप्तरीको राजविराजस्थित १५ औँ पुस्तकालय दिवस एवं वडा दशैंको अवसर पारेर साहित्यिक संस्था साझा प्रकाशन शाखाले बृहत् पुस्तक प्रदर्शनीको आयोजना गरयाे । 

प्रदर्शनीको आइतबार राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रवीणले उद्घाटन गर्दै यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतिको वृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएकाे थियाे । 

उहाँले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता बौद्धिक सम्पत्ति प्रकाशनमा जोड दिँदै शैक्षिक स्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागि राजविराज नगरपालिकाबाट हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

पठन संस्कृतिको विकास तथा सम्वद्र्धन र उपयोगी पुस्तकको बिक्री वितरण बृहत् गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको शाखा प्रबन्धक मनोज कुमार माझीले जनाउनु भयो ।

प्रदर्शनीमा साहित्य, संस्कृति कला, इतिहास, धार्मिक, गथ्य, शब्दकोश सँग सम्बन्धित २ हजार ५ सय भन्दा बढी शीर्षकका पुस्तक र १ हजार ६ सय भन्दा बढी लेखकको कृति राखिएको थियाे । 

प्रदर्शनी ३१ भदौ सम्म १३ दिन चल्ने र उक्त अवधिमा विभिन्न विद्याका पुस्तकमा २५ देखि ८० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संस्थाले जनाए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads