ads
neelambads

दल र गलत राजनीतिका कारण उद्योग व्यवसाय फस्टाउन नसकेको ः मुख्यमन्त्री राउत

 

धनुषा २९ भदाै । 

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताए ।

बुधबार जनकपुरधाममा ईएलएमएसले आयोजना गरेको श्रम बजार सूचना कार्यशाला गोष्ठीमा उहाँले नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुमा राजनीतिक दल र तिनका मजदुर तथा ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिका पनि मुख्य कारण रहेको जनाए ।

मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नीतिका कारण उद्योगी व्यवसायीहरु लगानी गर्न हिचकिचाइरहेको समेत बताए। 

उद्योग स्थापना र दर्ता प्रक्रियासमेत असहज हुनु र कामअनुसारको योग्य जनशक्तिको अभाव हुनु नेपाली उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उहाँले जनाए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads