ads
neelambads

महिलाको हत्याको आरोपमा देवर र भाउजू पक्राउ

बारा, १७ भदौ । 
बारामा महिलाको हत्याको आरोपमा देवर र भाउजूलाई पक्राउ परेका छन् । 
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रहरी निरीक्षक रामकाजी थापाका अनुसार महागढीमाई नगरपालिका वडा नं. ३ गंजभवानीपुर टोलका २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुनलाई पक्राउ गरेको बताए ।
 
भदौ १६ गते महागढीमाई नगरपालिका–३ गंजभवानीपुर स्थित बस्ने सैमोदिन अंसारी पत्नी २५ वर्षीया सहनाज खातुनको आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । 

अनुसन्धानको क्रममा आफ्नै पत्नीको हत्या गर्ने सैमोदिन र घटनामा सघाउने उनको भाउजू अप्सना खातुनलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । 

पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, बाराका प्रहरी निरीक्षक रामकाजी थापाले जनाएका छन् । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads