ads
neelambads

भाडादर वृद्धि गर्ने सहमति, पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिए

 

बीरगंज २९ भदाै। 

भाडादर वृद्धि गर्ने सहमति भएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको समाचार छ।

आज बुधबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएका छन।

व्यवसायीले ढुवानी भाडादर वृद्धिको माग गर्दै २४ भदौबाट हड्ताल सुरु गरेका थिए। 

उनीहरूले बुधबारबाट आन्तरिक ढुवानी बन्द गरी १ असोजबाट देशभर इन्धन आपूर्ति ठप्प पार्ने घोषणा गरेका थिए। 

मन्त्रालयमा दुई पक्षबीच आज भएको छलफलमा ७ साउनसम्ममा सञ्चालक समितिबाट निर्णय गराई ढुवानी भाडा वृद्धि गर्ने सहमति भएको छ। व्यवसायीले हड्ताल फिर्ता लिएपछि बिहीबारबाट देशभर तेल लोड – अनलोड सहज हुने भएको छ।

आयल निगमको सञ्चलक समिति बैठकमा वार्षिक ४४ करोड रुपैयाँ व्ययभार थपिने गरी भाडादर वृद्धि गर्ने प्रस्ताव करिब एक वर्षदेखि विचाराधीन छ। 

१० अर्ब रुपैयाँ ऋण र २३ अर्ब रुपैयाँ बक्यौता बोकेर बसेको निगमलाई थप आर्थिक भार दिन नहुने भन्दै सञ्चालक समितिका बहुमत सदस्यले ढुवानी भाडादर वृद्धि गर्न असहमति राख्दै आएका छन्।

Post a Comment

Previous Post Next Post
neelambAd
ads