ads
neelambads

बारा र पर्साको नाकाबाट गैरकानुनी रूपले भारतिय माछाको आयत


बीरगंज २६ भदौ ।
बिगत केही दिन देखि पर्साकाे सिमा नाका इनार्वा र बाराको मुसहरवा, बलरामपुर सिमा नाकाबाट भन्सार र क्वारेन्टाइन प्रकृया पुरा नै नगरी गैरकानुनी रूपले भारतिय आलो माछाको आयतलाइ रोक्न पशु क्वारेन्टाइन कार्यालय पर्सा, बाराका प्रमुख डा. हरेराम यादवले सीमा नाकामा कडाइकासाथ निगरानी गरी आवश्यक सहयोग गरीदिन हुनकोलागी कार्यालयले सम्बन्धित निकायलाइ लिखित पत्रचार समेत गरी सकेको जनाए ।  


उक्त गैर कानुनी भारतिय माछा आयतलाइ रोक्न जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय बारा, शसस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्पाटर पर्सा र शसस्त्र प्रहरी बल नेपाल नं. १२ गण उतर झिटकैया बारालाइ पशु क्वारेन्टाइन कार्यालयले लिखित पत्रचार समेत गरेको छ ।


साथै आवश्यक समन्वय गरीदिनकालागी जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय बारा र बीरगंज भन्सार कार्यालय पर्सालाइ समेत पशु क्वारेन्टाइन कार्यालयले लिखित पत्रकाे बोधार्थ समेत गरी सकेको कार्यालयका प्रमुख डा यादवले जानकारी गराउनु भयो ।

साे पत्र पत्रचार गरे पनि सिमा नाकाबाट दिनहुँ बिहान बेलुका साइकल, मोटर साइकल र टाड्गाको सिटमुनी भारतबाट माछा गैरकानुनी रूपले नेपाल भित्रिने कार्य बन्द नभएकाे स्थानियबासीले. जनाएका छन। 


Post a Comment

Previous Post Next Post
neelambAd
ads