ads
neelambads

मेयर राजेशमान सिंहको सरहानीय कदम प्रति नगरबासीमा खुशी छायो

 

बीरगंज २४ भदौ । बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिहंको सरहानीय कदम प्रति नगरबासीको मनमा खुशी छाएको छ । 

बर्षाको पानी बग्ने नालालाई नै च्यापेर घर कम्पाउण्ड लगाउनेलाई खाली गर्ने सूचना प्रकाशित गर्न आँट गरेकोमा मेयर सिंहको एकातिर नगरभित्र सर्वत्र चर्चा शुरु भएको छ ।


भने अर्कोतिर सडक बिभाग जस्तै बर्षेपिछे बीरगंजको दाँया - बायाँ २५र२५ मिटर जग्गा खाली गराउने सुचना जारी गर्ने तर जग्गा खाली नगराउने कार्य जस्तै हुने हुन कि भन्ने पिडाले समेत नगरबासीलाई सताएको छ ।

बर्षाको पानी बग्ने नालालाई नै च्यापेर घर र कम्पाण्ड लगाएका कारण पानी निकास नहुने, बर्षेपिछे सडक र सडक किनारको नालालाई एक फिट देखी दुई फिटसम्म माथि उठाउने कार्यले नगरबासीको धेरै घर खाल्टो बन्न पुग्यो । 

बर्षायाममा सडकको पानी घरभित्र पस्ने र बस्न नहुने भएपछि बैंकबाट ऋण लिएर घर बनाउने गरे ।

 कतिपयले तँ घर बिक्री गरी अन्यत्र गई सके । तर हाम्रा पालिकाका जनप्रतिनिधि र ईन्जिनियरहरु नाला च्यापेर घर बनाउनेलाई अहिले सम्म कारवाही गरेका छैन्न् । 

न त कुनै सूचना नै प्रकाशित गरे । केवल गरीब नगरबासीलाई नै पेलेर गए । नाला च्यापेर घर बनाउनेहरु कहाँ भन्ने आँट समेत गरेका छैन्र। 

Post a Comment

Previous Post Next Post
neelambAd
ads